भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु, एक घाइते

पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु, एक घाइते

अर्घाखाँची । पाणिनी गाउँपालिका–१ गोहनपानीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।

स्थानीय गंगा रास्कोटीको घर पहिरोले पुरिँदा घाइते ४ जनामध्ये तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १० वर्षका धनबहादुर रास्कोटी, ११ वर्षकी मञ्जु रास्कोटी र १२ वर्षका खुमबहादुर रास्कोटी रहेको वडाध्यक्ष कमलप्रसाद पोख्रेलले बताए ।

घाइते १४ वर्षका सचिन रास्कोटीलाई उद्धार गरी पाल्पाको मिसन अस्पताल पठाइएको छ ।

पाणिनि गाउँपालिका–१ पणेनाको गोहनपानीमा आज विहान घरमाथिबाट खसेको पहिरोमा उनीहरु पुरिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.