भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक बस्दै

पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान ९ बजे बस्दैछ । गठबन्धनको बैठकमा आगामी निर्वाचन लगाएतका विषयमा छलफल हुने बताइएको छ ।

गठबन्धनको आजको बैठकले स्थानीय तह निर्वाचन, संघीय संसद र प्रदेशसभाको चुनावका बारेमा स्पष्ट धारणा बनाउने आकलन गरिएको छ । यसअघि गठबन्धन सम्बद्ध दलहरुबीच स्थानीय तहको निर्वाचनलाई केही पर धकेलेर यसअघि संघीय र प्रदेश तहको निर्वाचनको गर्ने बहस चलिरहेको थियो ।

आगामी चुनावका बारेमा शुक्रबार प्रधामन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए।

उक्त बैठकमा तीन शीर्ष दलका नेताहरुले स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायतका विषयमा छलफल गरेको एक स्रोतले जानकारी दिएको छ।

गठबन्धनका शीर्ष नेताहरूले भने स्थानीय तहको निर्वाचन ६ महिनापछाडि धकेलेर पहिले संघको चुनाव गर्नेबारे छलफल चलाइरहेकाले दलहरूबीच साझा धारणा बनाउन आजको बैठकले सहज हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.