भर्खरै : Sorry, your browser does not support inline SVG.

पाँच दिनपछि खुलेको भालुबाङ–प्यूठान सडकखण्ड पुनः अवरुद्ध

पाँच दिनपछि खुलेको भालुबाङ–प्यूठान सडकखण्ड पुनः अवरुद्ध

प्यूठान । आइतबार मात्रै पाँदिनपछि खुलेको भालुबाङ –प्यूठान सडकखण्ड पुनः अवरुद्ध भएको छ । भालुवाङ–प्यूठान संडकखण्डको गर्जेनीमा पहिरो खस्दा पुनः सडक अवरुद्ध भएको हो ।

गत साउन १७ गते सोही स्थानमा पहिरो खस्दा ५ दिनपछि गत आइतबार साँझ सडक खुलाइएकोमा मंगलबार पुनः बन्द भएको हो । अझै पहिरो खस्ने क्रम नरोकिएकाले सजग हुन आग्रह गरिएको छ ।

माण्डवी गाउपालिका १ गर्जेनीमा पहिरो खस्दा पुनः सडक अवरुद्ध भएकोले सजकता अपनाउन वा बैकल्पितक बाटोको प्रयोग गर्न सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.