भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

अविरल वर्षासंगै आएको बाढी र पहिरोका कारण देशभर दर्जन भन्दा बढी सडक अवरुद्ध

अविरल वर्षासंगै आएको बाढी र पहिरोका कारण देशभर दर्जन भन्दा बढी सडक अवरुद्ध

काठमाडौँ । पहिरोले देशका एक दर्जन भन्दा बढी सडक अवरुद्ध भएका छन् । छ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा रहेका दर्जन भन्दा बढी सडक अवरुद्ध भएका हुन । मकवानपुरको कान्ति लोकपथ र हेटौँडा–भैँसे–भिमफेदी हुँदै कुलेखानी जाने सडक अवरुद्ध छ । स्थानीय निकाय र सुरक्षाकर्मीले हेटौँडा–कुलेखानी सडक एकतर्फ खुलाएका छन् ।

नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो झरेर दुईतर्फ सवारी अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पाल्पाको सिद्धार्थ राजमार्ग र दाङ स्थित लमही–घोराही सडक अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–२ स्थित कमेरेमा पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ ।

कर्णाली प्रदेश स्थित मुगु–नाग्मा सडक अवरुद्ध भएको छ । मुगु नाग्मा चल्ने सडकमा साना गाडी चल्ने तर, ठुला सवारी पास हुने अवस्था छैन । म्याग्दी स्थित बेनि–जोमसोम, बागलुङको कालीगण्डकी करिडोर, प्युठान स्थित प्युठान–भालुवाङ सडक पहिरोले अवरुद्ध छ । कैलालीको भिमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.