भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

पार्टीको सिफारिसमा संसद सचिवालयले पनि सरिता गिरीलाइ (सांसद)पद मुक्त गरायाे

पार्टीको सिफारिसमा संसद सचिवालयले पनि सरिता गिरीलाइ (सांसद)पद मुक्त गरायाे

२५ असार २०७७ काठमाडौं । प्रतिनिधिसभाकी सदस्य तथा समाजवादी पार्टीकी सरिता गिरिको सांसद पद रिक्त भएको छ। समाजवादी पार्टीको निर्देशन उल्लंघन गरेको भनि पार्टीको बैठकले पत्र पठाएको आधारमा उनको पद रिक्त भएको । पार्टीले पठाएको पत्र सभामुखले स्वीकृत गरेसँगै गिरिको सांसद पद मुक्त भएको संसद सचिवालयले जनाएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ बमोजिम आवश्यक प्रक्रिया पुरा गरेको देखिन आएकोले नेपालको संविधानको धारा ८९ बमोजिम माननीय सदस्य श्री सरिता गिरिको प्रतिनिधिसभा सदस्य पद एक रिक्त हुन आएको हुँदा सम्माननीय सभामुख ज्यू बाट स्वीकृत भएको भनेर संसद सचिवाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

samsadसभामुखले समाजवादी पार्टीको पत्र स्वीकृत गरेसँगै नेपालको राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३५ को उपदफा २ तथा प्रतिनिधिसभा नियमावली,२०७५ को नियम २१२ को उप नियम २ बमोजिम सबैलाई जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.