काठमाण्डौ । अविरल वर्षासंगै आएको बाढीका कारण बनेपाको पुलबजार डुवानमा परेको छ । लगातारको वर्षापछि पुण्यमती खोलामा आएको बाढीका कारण पुलबजार डुवानमा परेको हो । हरेक वर्ष वर्षामा यस्तो समस्या आए पनि समस्या समाधानमा गर्न सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो रहेको छ ।
बाढीका कारण बनेपाको पुल बजार डुबानमा परेपछि केहीबेर अरनिको राजमार्ग हुँदै चल्ने गाडीहरु रोकिएको स्थानीयको भनाई छ । हरेक वर्षको बर्खामा काभ्रे, बनेपाको पुल बजार डुबानमा पर्ने गरेको छ । पानीलाई निकास दिएपछि गाडी चलाउन थालिएको काभ्रे प्रहरीले जनाएको छ ।
