भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

पूर्वसांसद रेशम चौधरीको बाँकी कैद माफी गर्न सरकारले प्रक्रिया अघि बढायो,पाउलान त माफि ?

पूर्वसांसद रेशम चौधरीको बाँकी कैद माफी गर्न सरकारले प्रक्रिया अघि बढायो,पाउलान त माफि ?

काठमाण्डौ । पूर्वसांसद रेशम चौधरीको बाँकी कैद माफी गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्व सांसद चौधरीको बाँकी कैद माफी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले प्रक्रिया अघि सारेको हो । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिनेगरी सरकारले फाइल तयार गरेको आशंका गरेको छ ।

रेशम चौधरीलाई जन्मकैदको फैसला हुने जिल्ला अदालतको फैसला सर्वोच्च अदालतले सदर गरेको केहीदिनमै सरकारले कैद माफी गर्ने प्रक्रिया अघि बढाएको स्रोले जनाएको छ । कैलालीको टीकापुरमा २०७२ सालको भदौमा ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको ज्यान जाने गरी भएको घटनामा रेशम चौधरी संलग्न रहेको सर्वोच्चले ठहर गरेको छ ।

चौधरी २०७४ सालदेखि जेलमा छन् । जन्मकैदको सजायअनुसार चौधरीले २० वर्ष कैद भुक्तान गर्नुपर्नेछ । सजाय माफी माग गरिएको चौधरीको निवेदन गृह मन्त्रालयमार्फत् राष्ट्रपति कार्यालय पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.