भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

प्रदेश सरकारले निर्माण गर्ने योजनाहरु अपाङ्गता, महिला तथा बालमैत्री हुने

प्रदेश सरकारले निर्माण गर्ने योजनाहरु अपाङ्गता, महिला तथा बालमैत्री हुने

वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले निर्माण गर्ने आयोजनाहरु अपाङ्गतामैत्री, महिलामैत्री तथा बालमैत्री हुने बताउनुभएको छ ।

अपाङ्गताको क्षेत्रमा काम गर्ने स्वावलम्बन जीवन केन्द्र, ललितपुरका प्रतिनिधिहरुले बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री फुयाँलले सरोकारवालाहरुले उठाएका मागहरु जायज र सम्बोधन गर्न आवश्यक रहेकोले सरकार माग पुरा गर्न तत्पर रहेको बताउनुभयो । उहाँले शारीरिक क्षमताका आधारमा नागरिकले प्राप्त गर्ने सेवामा फरक हुन नहुने भन्दै हरेक फरक क्षमता भएका व्यक्तिहरुको समस्याहरुको समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

फुयाँलले पहुँचयुक्त भौतिक पूर्वाधार निर्माण हुने, विद्युतीय सवारी सञ्चालनका लागि वाग्मती प्रदेशले बनाउन लागेको चार्जिङ्ग स्टेशनहरु र सार्वजनिक शौचालयहरु बाल, महिला तथा अपाङ्गतामैत्री बन्ने नीति लिइएको बताउनुभयो । उहाँले सार्वजनिक सडकहरु तथा परिवहन पूर्वाधारहरु अपाङ्गतामैत्री हुनेगरी “प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको व्यवस्था गर्न बनेको विधेयक, २०७७” प्रदेशसभामा विचाराधीन रहेको बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.