भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

बैठक बोलाएर अध्यक्षले गरे आत्महत्या

बैठक बोलाएर अध्यक्षले गरे आत्महत्या

तेह्रथुम । आठराई गाउँपालिका–४ इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर आत्महत्या गनर््ुभएको छ । बिहान १०ः०० बजे खाना खाएर बैठक बस्न भनी घरबाट निस्किनुभएका इङ्नाम अपराह्न २ः०० बजेसम्म बैठकमा उपस्थित नभएपछि उहाँलाई खोज्न स्थानीयवासी निस्किएका थिए । खोज्ने क्रममा उहाँकै घर नजिकैको महाभिर भन्ने ठाउँमा शव झुन्डिएको अवस्थामा फेला परेको वडा नं ४ का वडाध्यक्ष श्यामकुमार भट्टराईले बताउनुभयो ।

घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागि आज साँझ ७ः३० बजे जिल्ला अस्पताल पाँचथर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.