भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

प्रदेशिक अस्पताल मलङ्गवामा अक्सिजन प्लान्ट सञ्चालन

प्रदेशिक अस्पताल मलङ्गवामा अक्सिजन प्लान्ट सञ्चालन

मलङ्गवा । प्रदेशिक अस्पताल मलङ्गवा सर्लाहीमा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महसुस गरी गत असारको अन्तिममा सो प्लान्ट मधेश प्रदेश सरकारको सहयोगमा मलङ्गवा अस्पतालमा स्थापना गरिए पनि लामो समयदेखि सञ्चालनमा आएको थिएन ।

प्लान्टको लागि आवश्यक भौतिक संरचना निर्माण, पाइपलाइन जडान र विद्युत्लगायतको व्यवस्थापनका कारण अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाइ भएको प्रदेशिक अस्पताल मलङ्गवाका मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताउनुभयो । प्रदेश सरकारले रु ५० लाखमा खरिद गरेर दिएको अक्सिजन प्लान्ट दैनिक २० सिलिण्डर बराबर अक्सिजन उत्पादन गरी वितरण गर्न सकिने मेडिकल सुपरिटेन्डेन्ट डा झाले जानकारी दिनुभयो ।

सिलिण्डरमा भर्नका लागि थप अक्सिजन ट्याङ्क राख्नुपर्ने प्रमुख झाले जानकारी दिनुभयो । मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री नवलकिशोर साहले सो प्लान्टको शुक्रबार उद्घाटन गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.