भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

प्रधानमन्त्री प्रचण्डलाई पूर्व जनमुक्ति सेना कमाण्डरको ध्यानाकर्षण

प्रधानमन्त्री प्रचण्डलाई पूर्व जनमुक्ति सेना कमाण्डरको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा भईरहेको भ्रष्टाचारविरुद्धको कदममा ऐक्युवद्घता जनाउदै पूर्व जनमुक्ति सेना नेपालका कमाण्डरहरुले ध्यानाकर्षण गराएका छन् । व्रिगेड र बटालियन कमाण्डरहरुले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर ध्यानाकर्षण गराएका हुन ।

जनयुद्घकालका सपना पार्टी भित्रका केही झूण्डले गर्दा ओझेलमा परेको र जनताका सल्लाह सुझावलाई समेत बेवास्ता गरिएको भन्दै पार्टी विग्रन नदिन ध्यानाकर्षण गराएको व्रिगेड कमाण्डर युगान्त शाहले बताए । हिजो जनमुक्ति सेना युद्धमैदानमा लडेको र आज विस्तारवाद र साम्राज्यवाद तथा देशी प्रतिक्रियावादीका विरुद्ध प्रचण्ड एक्लै लडिरहेको कमाण्डरहरुले ठहर गरेका छन् । प्रचण्डको नेतृत्वमा फेरी पनि लड्न तयार रहेको तर आफ्ना सर्तहरु मान्नु पर्ने उनीहरुको जिकिर छ ।

ध्यानाकर्षणका बुदाहरुः
१. दश वर्षे जनयुद्वमा जिवनको सम्पूर्ण उर्जावान समय खर्चिएको, रगत, पसिना र आँसु बगाएको तथा अहिले पनि शरिरमा बम र बुलेटका छर्राहरु विजाइरहेकाले त्यसको निशुल्क उपचार गरिनु पर्ने ।

२. परिवारको सदस्यहरु र प्रियजन गुमाएको पीडा एकातीर छ । धेरै साथिहरु अपाङ्ग जीवन विताइरहेका, पार्टीका केही छट्टुकागहरुका कारण तिनीहरुको अस्तित्व गुमनाम हुने अवस्था आएकाले पार्टी शुद्धिकरण गरिनु पर्ने ।

३. खाडी मुलुकमा हजारौं योद्घाहरु रोजगारीका लागि भौतारीरहेका, पार्टी नेतृत्वले तिनीहरुका समस्या समाधानमा ध्यान दिएर स्वदेशमै रोजगारीको सृजना गर्नु पर्ने । समस्या समाधान गर्नु त परै जावस सुन्न सम्म पनि फुर्सद नहुने परिपाटीको अन्त्य गरेर गम्भिर ढंगले समस्या समाधानमा लाग्नु पर्ने ।

४. घाइते, अपाङ्ग, शहिद, बेपत्ता पारिएका परिवारको घाउमा मलहम लगाउनु पर्ने ।

५. क्यान्टोनमेन्टमा भएकोे भनिएको करोडांै रुपैया हिनामिनाको छानविन गरेर डिभिजन कमाण्डर÷सह कमाण्डर, केही व्रिगेड कमाण्डर र भिसीे समेतको सम्पति छानवीन गर्नु पर्ने । अकुत सम्पतिको गम्भिर ढङ्गले छानविनको प्रक्रियालाई अगाडि बढाउनु पर्ने ।

३. जनमैत्रि हस्पिटलको अवस्था के छ त्यसको बारेमा जनमुक्ति सेनालाई जनकारी दिइनु पर्ने, कतिपयले पेवाको रुपमा लिइरहेकाले त्यसको गम्भिर छानविन गरिनु पर्ने ।

४. पार्टी भित्र चाकडि र दलाली गर्नेहरुको बोलवाला रहेकाले त्यसको अन्त्य गरिनु पर्ने । राजनैतिक नियुक्तिहरुमा परिवारवादको अन्त्य गरिनु पर्ने । युद्घका इमानदार लडाकु कमाण्डर, नेता, कार्यकर्ता र जनतालाई प्राथमिक्तामा राखेर अघि बढ्नु पर्ने ।जसका कारण पार्टी र संगठनको अस्तित्व समाप्तिको दिशामा गैरहेको तर्क पूर्व जनमुक्ति सेनाको रहेको छ ।

पार्टीको अवस्थामा सुधार ल्याउन गलतका विरुद्ध नेतृत्वले निर्मम भएर सुद्घिकरण अभियान सञ्चालनमा ल्याउनु पर्ने तर्क कमाण्डरहरुको छ । अयोग्य भनिएका पूर्व पिएलएका सदस्यहरुको भरणपोषण, खाडीमा गएका सदस्यहरुको सुरक्षा र भविष्यसंगै रोजगारीको ग्यारेण्टी गर्नुपर्ने तर्क कमाण्डरहरुले गरेका छन् ।

ध्यानाकर्षण बुझाउने व्रिगेड तथा बटालियन कमाण्डरहरु युगान्त शाह, विजय केसी, सन्तोष खड्का, बीरबहादुर घर्ती, तेजबहादुर दोङ, दीपक शर्मा, सन्त बहादुर बस्नेत, मेघ बहादुर विक, देवेन्द्र घर्ती, रक्तिमलगायत रहेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.