भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

‘बरु सबै सिटमा यात्रु राख, तर भाडा नबढाउनु’

‘बरु सबै सिटमा यात्रु राख, तर भाडा नबढाउनु’

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न र भाडा नबढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको छ । ५ असोजबाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिदै उक्त निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार वायुसेवा कम्पनीले यात्रुलाई भौतिक दूरी कायम गराई सुरक्षा सतर्कता अपनाएर आन्तरिक उडान गर्न सक्ने भएका छन् । यसअघि सरकारले सिटमा ५० प्रतिशत मात्र यात्रु राख्न दिने भनेपछि वायुसेवा कम्पनीले उडान गर्न नसक्ने बताएका थिए । मन्त्रालयका अनुसार पूर्वनिर्धारित सुरक्षा सतकर्ताका विधि भने सबै एयरलाइन्सले अपनाउनु पर्ने भएको छ ।

भाडा नबढ्ने
हवाई यात्रा गर्दा तत्काल भाडा नबढ्ने भएको छ । सरकारले भाडा बढाएर ५० प्रतिशत मात्र सिटमा यात्रु बोक्न वायुसेवा कम्पनीलाई प्रस्ताव गरेको थियो । तर, वायुसेवा कम्पनीले भाडा नबढाउने तर पूर्ण क्षमतामा यात्रु बोक्न पाउनु पर्ने अडान राखे पछि भाडा नबढ्ने भएको हाे ।

 


Thali Mobile Pvt.Ltd.