भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

बाँकेमा झडप, एकको मृत्यु, १२ जना घाइते

बाँकेमा झडप, एकको मृत्यु, १२ जना घाइते

बाँके । पूर्णिमाको अवसरमा लागेको मेलामा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् । जानकी गाउँपालिका–५ गुरूगाउँका ५४ वर्षीय धनीराम यादवको मृत्यु भएको प्रहरीको भनाई छ ।

बाबु यादव र राम नरेश गुप्ताबीच पूर्व रिसिबीका कारण भएको विवादमा दुई पक्षबीच झडप भएको हो । नागबाबा कुटीमा लागेको कात्तिके पूर्णिमा मेलामा पुरानो रिसिबीलाई लिएर विवाद भएको र सोही विवादलाई लिएर बानियाँगाउँमा भेला भई धनीरामलाई कुटपिटगरी गम्भीर घाइते बनाए ।

नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा धनीरामको मृत्यु भयो ।झडपमा अन्य १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र सशस्त्र प्रहरी गण खजुरा बाँकेबाट खटिएको प्रहरी टोलीले संलग्न १४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.