भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

बाजुरालाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प

बाजुरालाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प

काठमाण्डौ । आइतबार राति दश बजेर २७ मिनेट जाँदा बाजुरामा भूकम्प गएको छ । बाजुरको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । पछिल्लो समय बाजुरालाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । यसअघि गएको फागुनको १० गते ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा समेत महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पश्चिम नेपालमा ५ सय वर्षभन्दा लामो समयदेखि ठूलो भूकम्प नगएको र त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेकाले जोखिम कायमै रहेको भूगर्भविद्ले बताउँदै आएका छन् ।

माघको १० र १२ गते पनि बाजुरामा भूकम्पको धक्का महसुस गरिएको थियो । माघ १० गते ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

 


Thali Mobile Pvt.Ltd.