भर्खरै : Sorry, your browser does not support inline SVG.

बारामा बाढीको चेतावनी, बाँकेमा बाढीमा फसेका ६ जनाको उद्धार

बारामा बाढीको चेतावनी, बाँकेमा बाढीमा फसेका ६ जनाको उद्धार

काठमाण्डौ । बाराको निजगढ र आसपासका क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढीको चेतावनी दिएको छ । बाराको निजगढ र आसपासका क्षेत्रमा ठूलो पानी परेको बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर बाढीको चेतावनी दिएको हो । तटीय तथा डुबान भइरहने होचा क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह छ । बकैया नदी र त्यस क्षेत्र भइ बहने साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सजग रहन आग्रह गरिएको छ ।

माहशाखाले ईलाम, झापा, पाचँथर, संखुवासभा, मकवानपुर, र पर्साका नदी तथा खोलामा पनि बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ । यसैगरी बाँकेमा बाख्रा चराउन गएर राप्ती नदीको भँगालोमा फसेका ६ जनाको उद्धार भएको छ। राप्ती सोनारी गाउँपालिका–२ मा बाख्रा चराउन गएका ६ जना हिजो दिउँसोदेखि राप्तीको भँगालोमा फसेका थिए ।

बाख्राको उद्धार नगरेसम्म आफूहरु पनि कतै नजाने अडान लिएपछि सुरक्षाकर्मीको रबर बोटमार्फत मान्छे र बाख्राको उद्धार भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाख्रा चराउन गएका बेला एक्कासी नदीको बहाव बढेपछि उनीहरु फसेका थिए । ६ जनासँगै ७८ वटा बाख्राको पनि उद्धार गरिएको बाँके प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.