भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

बीमित परिवारलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सूर्यविनायक शाखाले दियो भुत्तानी

बीमित परिवारलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सूर्यविनायक शाखाले दियो भुत्तानी

भक्तपुर । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना बीमितको असामयिक निधनपछि आश्रित परिवारलाई बीमा बापतको दाबी रकम भुक्तानी गरेको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ०१, का बीमित स्व पुष्प कुमार राना मगरको श्रीमती रुपा नेपालीलाई मृत्यु दाबी वापतको रकम सिटीजन लाइफ इन्स्यारेन्स कम्पनीको सुर्यबिनायक शाखाले शुक्रबार कार्यक्रम गरि भुक्तानी गरेको हो ।बीमितका परिवारलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सूर्यविनायक शाखाले दियो भुत्तानी

कम्पनीको सुर्यबिनायक शाखा प्रमुख कविता चापागाईंले रु १० लाख २७ हजार २१९ रुपैयाँको चेक हस्तान्तरण गर्दै बिगत दुई बर्ष अघि उदयपुरगढी गा.पा वार्ड नं १ उदयपुर निवासी स्व.पुष्ष कुमार राना मगरले आफ्नो छोरी होलि राना मगरको प्रस्तावक भएर ५ लाख बिमाङ्क रकम बराबरको बीमालेख खरिद गरेको बताइन । एक बर्षको जम्मा ३८ हजार बीमाशुल्क मात्र तिरेका रानामगरको उक्त बीमा कम्पनीका एजेन्सि मेनेजर गणेश श्रेष्ठले मार्फत भएको शाखा प्रमुख चापागाई जानकारी दिइन ।बीमितका परिवारलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सूर्यविनायक शाखाले दियो भुत्तानी

बिगत एक बर्षबाट प्रस्तावक पुष्प कुमार राना मगर घातक रोग ( cancer of specified severity (metastic adenocarcinoma) बाट ग्रसित भई ०७९–१०–२७ मा दुःखद निधन भएको थियो । उनले बाल भविष्य जीवन बीमा योजना मार्फत बीमा गरेको र उनले मृत्यु दावि भुक्तानी बापत बीमाङ्क रकम पाँच लाख र घातक रोग बापतको २२ हजार ७ सय ८१ र(कर कट्टा गरि ४ लाख ७७ हजार २ सय १९,काजकिरिया खर्च बापत ५० हजार गरि जम्मा १० लाख २७ हजार २ सय १९ रकम आश्रित परिवारलाई हस्तान्तरण गरिएको शाखा प्रमख कविता चापागाईंको भनाइ छ ।बीमितका परिवारलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सूर्यविनायक शाखाले दियो भुत्तानी

उनकी छोरि होलि राना मगरले बिमाङ्क पाँच लाखको एक प्रतिशतका दरले महिनमा पढाइ खर्चबात कम्पनीले बैंक खातामा जम्मा गरिदिने र बांकि रहेको बिमाशुल्क बापतको सम्पूर्ण रकम कम्पनीबाट छुट हुने शाखा प्रमुख कविता चापागाईंले बताइन ।  “बीमा बचत सहित जीवनमा आई पर्ने आप्रत्यासित घटनाले आश्रीत परिवारमा हुने आर्थिक क्षतिको बलियो आधार हुने हुँदा ,बिमा बाध्यता नभई आवाश्यकता हो,सबैले आफ्नो लागि उचित हुने बीमा गर्नु पर्छ र बिमा गर्नैपर्ने भन्दा पनि बिमाको आवाश्यकता बारे सहि जानकारी र उचित परामर्श दिनु अभिकर्ताको जिम्मेवारी हो” उनले भनिन ।बीमितका परिवारलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सूर्यविनायक शाखाले दियो भुत्तानी

 


Thali Mobile Pvt.Ltd.