भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

दुई अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना हुँदा ३ सैनिकको मृत्यु

दुई अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना हुँदा ३ सैनिकको मृत्यु

एजेन्सी । अमेरिकाको अलास्कामा दुई अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना हुँदा ३ सैनिकको मृत्यु भएको छ । तालिम उडानबाट फर्केका दुई अमेरिकी सेनाको हेलिकप्टर बिहीबार दुर्घटना भएको हो । चार जना सवार भएको हेलिकप्टर दुर्घटना हुँदा तीन सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सेनाको ११औं एयरबोर्न डिभिजनले बिहीबार ढिलो मृत्युको पुष्टि गर्दै भयो “दुई एएच(६४) अपाचे हेलिकप्टर हेली, अलास्का नजिकै दुर्घटनाग्रस्त भएको थियो, जुन एन्कोरेजबाट २ सए माईल उत्तरमा छ। चारमध्ये दुई सैनिकलाई दुर्घटनास्थलमै मृत घोषित गरिएको थियो र तेस्रोको फेयरब्याङ्कको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।”

यो सैनिकहरूको परिवार, तिनीहरूका सहकर्मीहरू र डिभिजनका लागि अविश्वसनीय क्षति हो, डिभिजनका कमान्डिङ जनरल मेजर जनरल ब्रायन इफ्लरले एक विज्ञप्तिमा भनेका छन् । सेनाले मृतकहरूको परिवारलाई सूचित नगरेसम्म उनीहरूको नाम गोप्य राखेको र घटनाको अनुसन्धान भइरहेको बताएको छ। ११ औं एयरबोर्न डिभिजनका प्रवक्ता जोन एम पेनेलले घाइते सैनिकको अवस्थाबारे विस्तृत विवरण नभएको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.