भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

बोक्सीको आरोपमा एकल महिलालाई अर्धनग्न पारेर कुटे, जनप्रतिनिधिले टुलुटुलु हेरे

बोक्सीको आरोपमा एकल महिलालाई अर्धनग्न पारेर कुटे, जनप्रतिनिधिले टुलुटुलु हेरे

३ साउन २०७७ पर्सा । एक महिलालाई बोक्सीको आरोपमा मोसो, जुत्ताको माला र अर्धनग्न बनाई कुटपिट गरेर गाउँ परिक्रमा गराइएको छ । छिपहरमाई गाउँपालिका ३ की छोटकी जयमंगलापुरकी एकल महिलालाई गाउँलेले पेटिकोटमै गाउँ घुमाएका हुन् ।

जुत्ताको माला लगाएर उनलाई गाउँ घुमाउँदा जनप्रतिनिधि तमासा हेरेर बसेको स्थानीयले बताएका छन् । कुटपीटका कारण शरीरभरी निलडाम छ । घटना असार ३१ गते भएको हो । उनले गाउँपालिकाका कार्यपालिका सदस्य सुवास साह कानुलगायत आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी छन् । गाउँ घुमाउदा स्थानीयले प्रहरीलाई गोप्य रुपमा खबर गरे र प्रहरी टोली गएर महिलाको उद्धार गरेको थियो ।

‘प्रहरी समयमै नपुगेको भए उनलाई लखेटेर धपाउने योजना बनेको एक स्थानीयले बताए । पीडित महिलामाथि बोक्सीको आरोप लागएर पटक पटक कुटपीट गरिएको छ । एकल महिला भएका कारण उनको पक्षमा बोलिदिने कोही नभएपछि गाउँघरको मामला भन्दै घटनालाई गाउँमै दबाइएको बताइएको छ ।

कुटपीट गर्ने मुन्नीलाल साह कानु, राजदेव शर्मा ठाकुर, इन्दुदेवी ठाकुर र सन्ध्या देवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाउँपालिका सदस्य सुवास साह कानुलगायत फरार अभियुक्तहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.