भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

एसियाकै उत्कृष्ट जुनियर नेपाली खेलाडी

एसियाकै उत्कृष्ट जुनियर नेपाली खेलाडी

३ साउन २०७७ काठमाडौं । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी भएका छन् । एसिया ब्याडमिन्टनले प्रिन्स नै एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको जनाएको हो ।

विश्व ब्याडमिन्टनको जुनियर वरियता सातौं स्थानमा राखेको छ । प्रिन्सले जुनियर स्तरमा दुई अन्तर्राष्ट्रिय उपाधि जितिसकेका छन् भने अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेलेका छन् ।

दार्चुलाको खलंगामा जन्मिएका प्रिन्सले युएईमा हुँदै आएको दुबई जुनियर इन्टरनेसनल च्याम्पियनसिपमा दुई फरक उमेर समूहमा उपाधि जितिसकेका छन् । उनले नेपालमा र विदेशमा गरी दर्जनौं प्रतियोगितामा पदक जितिसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.