भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा कांग्रेस नेताको भेला : पार्टी विभाजन रोक्न महाधिवेशन प्रतिनिधिको राष्ट्रिय भेला बोलाउन माग | केहीबेरको वर्षामै काठमाडौंका सडक जलमग्न, सवारी आवागमन प्रभावित | नक्शाल बाल मन्दिरबाट २० बालबालिकाको उद्धार, जोखिमपूर्ण अवस्थामा भेटिए | पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा | काठमाडौं उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह | कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र | इरानसँगको द्वन्द्वमा अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउने संख्या १७ पुग्यो | गोरु पाल्ने किसानलाई प्रोत्साहन |

‘ब्युटीसियन’ बनेर आर्थिकरुपमा सफलता

‘ब्युटीसियन’ बनेर आर्थिकरुपमा सफलता

कैलाली । यहाँका सयौँ महिला अहिले ‘ब्युटीसियन’ पेसामा आबद्ध छन् । सीप सिकेर ब्युटीपार्लर खोली आर्थिकरुपमा सफलता पाएपछि महिला खुसी छन् ।

आयआर्जनका कार्यमा लाग्दा परिवार व्यवस्थापनमा सहयोग पुगेको उनीहरु बताउँछिन् । लम्कीकी सरिता जिसीले ब्युटीपार्लर खोलेको १४ वर्ष भयो ।

सीपमा दक्ष हुनुका साथै अरुका लागिसमेत प्रेरणाको स्रोत बन्दै आएको उनको अनुभव छ । सुरुमा रहरले पेसामा लागेकी मास्के आजभोलि यही पेशाले सन्तुष्टी दिएको बताउँछिन् ।

यही पेसाले आर्थिक अवस्थामा सुधार आएको उनको भनाइ छ । हाल आर्थिक अवस्था सुधार गर्न र बालबालिकामाथि लगानी गर्न यो पेसाले सहज बनाएको उनको भनाइ छ ।

यस्तै टीकापुरकी शिला विष्ट रावलले बच्चा हुर्काएपछि खाली समय सदुपयोग गर्न ब्युटिपार्लर सिकिन् । सिकेको सीप व्यवहारमा उतारौँ भनेर यो पेसा अगालेकी शिलाले सुरुमा एक लाखबाट पार्लर सुरु गरिन् ।

यही पसलबाट धेरै प्रगति गरिन् ।एक लाखबाट व्यवसाय सुरु गरे, हाल लाखौँको सामान छ उनले भनिन् ।

यसरी व्यवसाय गरिरहेका महिलालाई स्थानीय सरकार, ब्युटिसियनका सङ्घ संस्थालेसमेत सघाइ रहेको छ ।

उनीहरुको थप दक्षता वृद्धि, नयाँ सिक्न चाहनेलाई तालिमजस्ता कार्यक्रम भइरहेका टीकापुर नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख नन्दबहादुर केसीले बताए ।

 


Thali Mobile Pvt.Ltd.