भक्तपुर अस्पतालमा अल्जाइमर क्लिनिक र न्यूरो सर्जजरी ओपीडि सञ्चालन

भक्तपुर अस्पतालमा अल्जाइमर क्लिनिक र न्यूरो सर्जजरी ओपीडि सञ्चालन

भक्तपुर । भक्तपुर अस्पतालमा अल्जाइमर क्लिनिक सुरु भएको छ । अल्जाइमर रोगबाट पीडितहरुलाई सेवा दिन असपतालले अल्जाइमर क्लिनिक सेवा सुरु गरेको हो । पछिल्लो समय स्वास्थ्य क्षेत्रको नमुना अस्पतालको रुपमा परिचित भक्तपुर अस्पतालले सर्वसाधारणलाई उचित सेवा दिने उदेश्यले यो सेवा सुरु गरेको जनाएको छ ।

अल्जाइमर रोग ‘एलोइस अल्जाइम’ नामक व्यक्तिको नामबाट सन् १९१०, जुलाई १५ मा राखिएको हो । अल्जाइम एक प्रकारको बिर्सने वा भुल्ने रोग हो जुन दिमागसित सम्बन्धित हुन्छ । यसले स्मरण शक्ति, सोच्ने क्षमता लगायत मानिसको व्यवहारलाई असर पार्ने काम गर्छ ।

अल्जाइमरको प्रारम्भिक चरण

· व्यवहार तथा व्यक्तित्वमा परिवर्तन हुने
· सामान हराउने
· पैसा सम्बन्धी कारोवारमा कठिनाई हुने
· दैनिक गतिविधिमा समस्या हुने
· अनावश्यक भड्किने

मध्यम अवस्था
· अस्वाभाविक व्यवहार देखाउने
· नयाँ परिस्थितिको सामना गर्न नसक्ने
· कुनै कुरा सिक्न नसक्ने
· कुरा भुल्ने, विर्सने
· भ्रममा रहने
· नजिकको व्यक्ति चिन्न गाह्रो पर्ने
· माया, भ्रम
· लुगा लगाउने लगायतका दोहोरो काम गर्न समस्या हुने

अन्तिम अवस्था
· छालाको संक्रमण
· धेरै निद्रा लाग्नु
· कुरा गर्नमा कठिनाई हुनु
· गरेको काममा चित्त नबुझाउनु
· तौल घट्नु

जान्नै पर्ने कुरा
विश्वमा हरेक ६८ सेकेन्डमा एक जना नयाँ व्यक्तिमा अल्जाइमरको समस्या भेटिने गरेको छ । त्यसैगरी, सन् २०५० सम्ममा यो रोग हरेक ३३ सेकेन्डमा एउटा नयाँ मानिसमा देखा पर्ने जनाइएको छ । वेलैमा उपचार गरे निको हुने भएकाले अस्पतालले यो सेवा उपलब्ध गराएको भक्तपुर अस्पतालले जनाएको छ ।

भक्तपुर अस्पतालले न्यूरो सर्जरी ओपीडि समेतको थप सेवा सञ्चालनमा ल्याएको भक्तपुर अस्पताका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतम बताइन ।

 


Thali Mobile Pvt.Ltd.