भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

भक्तपुर– थिमी १३२ के.भी. भूमिगत प्रसारण लाइन आयोजनाबारे सार्वजनिक सुनुवाई कार्यक्रम

भक्तपुर– थिमी १३२ के.भी. भूमिगत प्रसारण लाइन आयोजनाबारे सार्वजनिक सुनुवाई कार्यक्रम

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा नेपाल विद्युत प्राधिकरणद्वारा भक्तपुरदेखि थिमी १३२ के.भी. भूमिगत प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आई.ई.ई) को सिलसिलामा सरोकारवालाहरुसँग सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख प्रजापतिले आयोजना सफल कार्यान्वयनको लागि विभिन्न निकायहरुसँग समन्वय गर्न आवश्यक भएको बताउनुभयो ।
नेपालबाट उत्पादित बिजुली सस्तोमा भारतलाई बेचेर नेपाल कहिल्यै धनी बन्न नसक्ने बताउनुहुँदै उहाँले नेपाली जनतालाई सहुलियत दरमा बिजुली दिनुपर्ने र खेर गएको बिजुलीको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कला र संस्कृतिको नगर भक्तपुरमा अव्यवस्थित तारका कारण वातावरणीय दृश्य प्रदूषण भइरहेको हुँदा यस किसिमको आयोजनाले नगरलाई सुन्दर बनाउन भूमिका खेल्ने बताउनुहुँदै उहाँले भक्तपुर नपाले नगरभित्र तार भूमिगत गर्नुपर्नेमा जोड दिइरहेको बताउनुभयो ।

भक्तपुरका मौलिक सम्पदाहरु अवलोकन गर्न देशी विदेशी पर्यटकहरु आउने हुँदा पनि यहाँको वातावरणीय सुन्दरता कायम गर्नु चुनौतीपूर्ण भइरहेको बताउनुहुँदै सांस्कृतिक एवम् ऐतिहासिक महत्वका सम्पदाको संरक्षण र जगेर्नामा नगरपालिकाले विशेष ध्यान पु¥याइरहेको बताउनुभयो ।

कार्यक्रममा वातावरण तथा सामाजिक अध्ययन विभागका प्रबन्धक मिलन दाहालले भक्तपुर—थिमी १३२ के.भी. भूमिगत प्रसारण लाइन आयोजनाको वातावरणीय अध्ययनबारे प्रस्तुती देखाउनुभयो । उहाँले वातावरणीय अध्ययन नहुँदा आयोजना कार्यान्वयनमा समस्या देखिने बताउनुभयो ।

कार्यक्रममा आयोजनाका इन्जिनियर विनोद मानन्धरले आयोजनाको परिचय, मुख्य विशेषता, विद्यमान वातावरणीय अवस्थाबारे प्रस्तुतीकरण दिनुभएको थियो भने वातावरण तथा सामाजिक अध्ययन विभागका उपप्रबन्धक गणेशकुमार उप्रेतीले पनि बोल्नुभएको थियो । उक्त सार्वजनिक कार्यक्रममा आयोजनाबारे विभिन्न सरोकारवालाहरुले आ–आफ्ना राय—सुझावहरु पेश गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.