भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

भक्तपुरमा अरुण थापा स्मृति साँझ २०८० हुने (भिडियाे सहित)

भक्तपुरमा अरुण थापा स्मृति साँझ २०८० हुने (भिडियाे सहित)

भक्तपुर । भक्तपुरमा अरुण थापा स्मृति साँंझ हुने भएको छ । भक्तपुरको पलासें स्थित काठमाडौं फन भ्यालीमा अरुण थापा स्मृति साँंझ २०८० हुने भएको हो । स्वर्गीय बहुचर्चित गायक अरुण थापाको २४ औं स्मृति दिवसको दिन पारेर कार्यक्रम गर्न लागेको मंगलबार भक्तपुरमा पत्रकार सम्मेलन रागरागिनी इन्टरटेन्टमेन्ट प्रालिका कार्यकारी निर्देशक तथा कार्यक्रम संयोजक कपिल कसपालले बताए ।

कार्यक्रममा नेपालका चर्चित तथा प्रतिभाशाली गायकगायिकाहरु अजर जंगम, निशा देसार, एञ्जेला श्रेष्ठ, रोजी श्रेष्ठ, दिनेश न्यौपाने, सानुमैयाँं धौभडेल, कपिल कसपाल, सुनिल लोहला, कल्पना  श्रेष्ठ, प्रविण पलिखेल, श्रेय अगस्तिलगायतबाट अरुण थापाका गीतहरु प्रस्तुत गर्ने संयोजक कसपालले जानकारी दिए ।

साउन ५ गते शुक्रबार हुने कार्यक्रममा रागरागिनी इन्टरटेन्टमेन्ट प्रालिको आयोजना र काठमाडौं फन भ्यालीको मुख्य प्रायोजन रहेको छ । कार्यक्रम काठमाडौं फन भ्यालीभित्र हुने संयोजक पलिखेलको भनाई छ । अन्य दिनहरुमा जस्तै फन भ्यालीभित्र प्रवेश गरेर मज्जा लिनेहरुका लागि उक्त दिन प्रवेश शुल्कमा २० प्रतिशतको छुट काठमाडौं फन भ्यालीका निर्देशक दामोदर उपाध्यायले जानकारी दिए । छुट कार्यक्रम हुने समयमा मात्रै नभई दिनभरि नै हुने उनले बताए ।

फन भ्यालिले ६५ वर्षमाथिका बृद्धबृद्धाहरुका लागि पनि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ । साथै विद्यार्थीका लागि नियमित रुपमा २० प्रतिशत छुटको व्यवस्था रहेको छ । चार वर्षमाथिदेखि १३ वर्षसम्मका बालबालिकाहरुका लागि प्रतिव्यक्ति चार सय ५० रुपैयाँं प्रवेश शुल्क रहेको छ ।

फन भ्याली प्रवेश गर्न प्रतिव्यक्ति ६ सय ५० रुपैयाँं प्रवेश शुल्क रहेको छ । चार वर्ष मुनिका बालबालिकाहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था छ । कार्यक्रमको उदघाटन चलचित्र विकास वोर्ड नेपालका अध्यक्ष एवं सुपरस्टार नायक भुबन केसीबाट हुने छ । कार्यक्रममा दीप श्रेष्ठ, करिश्मा मानन्धर, पल साह, दीपक खरेललगायतका वरिष्ठ कलाकारहरुलाई पनि निमन्त्रण गरेको आयोजकको भनाई रहेको छ ।

दिउँँसो दुई बजेबाट झण्डै तीन घण्टा कार्यक्रम सञ्चालन हुने छ । पत्रकार सम्मेलनमा कर्णाली संग्राहलयका सञ्चालनक डा. गोविन्द नेपालीले कला साहित्य माफर्त अरुण थापालाई सम्झिएको बताउँदै अरुण थापाको स्मरणमा मुक्तक समेत वाचन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.