भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भारतको घृणित हर्कत : आफ्नै नागरिकको टाउको मुण्डन गरेर नेपालविरुद्ध…

भारतको घृणित हर्कत : आफ्नै नागरिकको टाउको मुण्डन गरेर नेपालविरुद्ध…

४ साउन २०७७ काठमाडौँ । भारतको बनारसमा नेपाली भनेर आफ्नै नागरिको कपाल मुण्डन गरेर नेपालका प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी गर्न लगाउनेको खोजी भैरहेको छ । हिन्दू अतिवादी समूहले गरेको घिनलाग्दो हर्कत्सहितको भिडिओ भाइरल भएपछि प्रहरीले खोजी कार्य गरेको हो ।

नेपाली भनिएका एक वयष्क भारतीय पुरुषको कपाल मुण्डन गरेर नेपाल विरोधी र केपी ओली विरोधी नारावाजी गर्न लगाएका भिडियोमा देखिन्छ । भारत र श्रीरामको पक्षमा नारावाजी गर्न लगाएको भिडिओ फुटेज बनाएर पोष्ट गरिएको कर्तत खोजी गरिदा ती व्यक्ति नेपाली नभएर भारतीय धर्मेन्द्र सिंह भएको पुष्टी भएको छ ।

आफुलाई पाँच जनाको समूहले एक हजार रुपैयाँ दिएर नारावाजी गर्न लगाएको सिहले बताए । वाराणसी प्रहरीका एसपी अमित पाठकले उक्त घटनाको भिडिओ खिची सामाजिक सञ्जालमा फैलाएको आरोपमा चार जनालाई प्रहरीले अदालत पेश गर्नलागेको छ । भिडिओमा देखिने व्यक्ति नेपाली मूलको भारतीय भएको पुष्टी भएको छ ।

 


Thali Mobile Pvt.Ltd.