भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

भारतमा प्याजको मूल्य ५० प्रतिशतभन्दा धेरैले बृद्धि, नेपालमा झनै महंगो

भारतमा प्याजको मूल्य ५० प्रतिशतभन्दा धेरैले बृद्धि, नेपालमा झनै महंगो

काठमाण्डौ । बजारमा प्याजको भाउ सोमबार १ सय १५ देखि १ सय २० रुपैयाँ थोक मूल्य पुगेको छ । कार्तिक महिनाको शुरुवाती दिनमा किलोको ५० देखि ६० रुपैयाँ थोक मूल्य रहेको प्याजको भाउ फेरि बढेको हो । नेपालले प्याजका लागि भारतसँग निर्भर हुनुपर्ने अवस्था रहेकाले भारतमा भाउ बढ्नासाथ नेपाली बजारमा पनि महँगो हुने गरेको छ ।

भारतमा मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो । पछिल्लो दुई हप्तामा भारतमा प्याजको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ । भारतले आन्तरिक बजारमा बढ्दो प्याजको मूल्यलाई नियन्त्रणमा राख्नका लागि प्याजमा ४० प्रतिशत निर्यात कर समेत लगाएको छ । यो नियम आउँदो डिसेम्बर ३१ तारिखसम्म लागू हुनेछ । भाउ बढेपछि भारतबाट अहिले नेपाली बजारमा खासै प्याज भित्रिएको छैन ।

प्याजको आयात कम भएसँगै कृत्रिम अभाव समेत हुन थालेको छ । सोमबार करेला किलोको ५० रुपैयाँ, पीरो खुर्सानी किलोको ८० देखि ९० रुपैयाँ, भिन्डी २० रुपैयाँ, गोलभेँडा किलो ५० रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ ।
बजारमा साग, सिमी र लाम्चो भन्टा सबैभन्दा सस्तो छ । यी तरकारी किलोको १० देखि १५ रुपैयाँ थोक मूल्यमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याजको भाउ लगातार बढिरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.