भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडकको दुरदशा

मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडकको दुरदशा

खोटाङ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा र ढुङ्गा कमसल भएका कारण कालोपत्र उप्किएको बताइएको छ । एसियाली विकास बैङ्कको लगानीमा दिक्तेल बजारस्थित रत्नपार्कको किराँतचोकदेखि हलेसीसम्मको ३६ किलोमिटर सडकको विभिन्न ठाउँमा कालोपत्र उप्किएको हो ।

कालोपत्र उप्किएर ठाउँठाउँमा सडक खाल्डाखुल्डी भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको सवारी चालकले बताएका छन् । सडक कालोपत्रको जिम्मा लिएको ठेकेदार कम्पनीले नाफा कमाउने उद्देश्यले कमसल सामग्री प्रयोग गरेको स्थानीयवासीको आरोप छ । जिल्लाको प्रमुख मार्ग दिक्तेल–हलेसी सडक कालोपत्र गर्ने जिम्मा लामा नागार्जुन र लामा नागार्जुन जेभी त्रिशूलीले लिएको छ ।

सङ्घीय राजधानी काठमाडौँलगायत तराईका विभिन्न जिल्ला आवत÷जावत गर्न तथा दैनिक उपभोग्य वस्तु ढुवानीका लागि प्रयोग गरिने उक्त सडक कालोपत्र सम्पन्न भएको वर्ष दिन नपुग्दै उप्किएपछि जिल्लावासी आक्रोशित बनेका छन् । एसियाली विकास बैङ्कको रु ४६ करोड ८९ लाख ९२ हजार २२७ को लगानीमा साढे छ मिटर फराकिलो पारिएको सो सडकको साढे पाँच मिटर चौडाइमा कालोपत्र गरिएको थियो ।

तीन भागमा विभाजन गरेर कालोपत्र गरिएको उक्त सडक खण्डको हलेसीदेखि विजुलेसम्मको १२ किलोमिटर १५ करोड ५२ लाख ५१ हजार ६९६ रुपैयाँ ७५ पैसामा, विजुलेदेखि हुर्लुङसम्मको १२ किलोमिटर १५ करोड ८९ लाख ३४ हजार ५५२ रुपैयाँ ०७ पैसामा र हुर्लुङदेखि दिक्तेलसम्म १२ किलोमिटर रु १५ करोड ४८ लाख पाँच हजार ९७८ रुपैयाँ ३० पैसामा सम्पन्न गरिएको थियो ।rss

 


Thali Mobile Pvt.Ltd.