भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

महाबु गाउँपालिका १ खरिगैरामा चट्याङ लागेर एक जनाको मृत्यु,१६ जना घाइते

महाबु गाउँपालिका १ खरिगैरामा चट्याङ लागेर एक जनाको मृत्यु,१६ जना घाइते

दैलेख । दैलेखमा एक जनाको ज्यान जानुका साथै १६ जना घाइते भएका छन् । चट्याङ लागेर एक महिलाको ज्यान जानुका साथै १६ जना घाइते भएका हुन । घरमै भान्साको काम गरिरहेको बेला चट्याङ लागेर घाइते भएकी महाबु गाउँपालिका १ खरिगैराकी ४२ वर्षीया भूमिसरा खत्रीको ज्यान गएको हो ।

घाइतेको दैलेख अस्पतालमा प्राथमिक उपचारपछि गम्भीर घाइते आठ जनालाई कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ । एक जनाको दैलेख अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घाइते पाँच जना उपचारपछि घर फर्किएका छन् ।

डुङ्गेश्वर गाउँपालिका–६ लटाली गाउँमा चट्याङ लागेर गम्भीर घाइते भएकी २६ वर्षीया रेखा बुढालाई कर्णाली प्रदेश अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । महाबु गाउँपालिका १ खरिगैरामा घरमै बसिरहेका बेला चट्याङ लागेर खरिगैराका अरु १६ जना घाइते भएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.