भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

बेनीमा गोरु नाच प्रदर्शन

बेनीमा गोरु नाच प्रदर्शन

बेनी । म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रदर्शन गरिएको छ । आज बजारमा हुने रोपाइँ नाचको जानकारी गराउन मुखियाले गोरुसहित बिहीबार बजार परिक्रमा गरेका हुन् । नेपाल भाषा मंकाखलः अन्तर्गत रहेका युवाको समूह ल्याम्हः पूचःले बर्खेनाचअन्तर्गतको गोरु नाच प्रदर्शन गरेका हुन् ।

बर्खेनाचअन्तर्गत आज हुने रोपाइँ नाचमा सहभागी हुनका लागि गोरुसहित मुखिया बजार परिक्रमा गर्छन् । मुखियाले क्याप्टेनको खेत रोपाइँमा सहभागी हुन रोपाहारलाई आग्रह गर्ने चलन छ । रोपाइँ नाचमा खेत रोपाइँ गर्न गोरु, बाउसे र हली तयारी अवस्थामा रहेको र रोपाहारलाई सहभागी हुनका लागि मुखियाले बजार परिक्रमा गरेर जानकारी गराउने चलन रहेको ल्याम्हः पूचःका सदस्य सज्जन श्रेष्ठले बताए ।

गोरुसहित मुखिया बजारको चोक–चोकबाट टोलवासीलाई रोपाइँमा सहभागी हुन सूचना गर्छन् भने सहभागी नहुनेलाई जरिवाना गर्ने आदेश हुन्छ । हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर हरितालिका तीज पर्वसम्म देखाइने बर्खेनाचअन्तर्गत बेनी बजारमा लाखेनाच, घोडानाच, गाईजात्रा सपारु, श्रीकृष्ण रथयात्रा, गोरुनाच देखाइएको छ भने रोपाइँ नाच र धानको बाला नाच देखाउने तयारी गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.