भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

महिला साफ आजबाट सुरु, उद्घाटन खेलमा नेपाल–भुटान भिड्दै

महिला साफ आजबाट सुरु, उद्घाटन खेलमा नेपाल–भुटान भिड्दै

काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने बताइएको छ ।

उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ । साविक उपविजेता नेपाल आज भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।

महिला साफ साफ खेलमा नेपाल तीनै खेलमा विजयी भएको छ । नेपाल र भुटानले सन् २०१४ को साफमा पहिलोपटक एकअर्काको सामना गरेका थिए । पाकिस्तानमा भएको सो खेलमा नेपालले भुटानलाई ८–० ले हराएको थियो ।

सन् २०१६ मा भारतले आयोजना गरेको साफमा पनि नेपाल ८–० ले विजयी भयो । पछिल्लोपटक सन् २०१९ मा विराटनगरमा खेल्दा नेपाल ३–० ले विजयी भएको थियो ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता छ ।

 


Thali Mobile Pvt.Ltd.