काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीलाई संविधानको रक्षा र स्थिरताको लागि सरकारमा सहभागी गराउने तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।
सत्ता घटक जसपाका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो विकसित राजनीतिक परिस्थिति बताएका हुन् ।
सत्ता साझेदार दलभित्र समस्या आउन नदिन प्रचण्ड लागिपरेका छन् ।
रास्वपाको सत्ता बहिर्गमनपछी सरकारमा समस्या आउने र त्यसबेला अस्थिरता हुने खतरा देखेर प्रधानमन्त्रीले जसपा र एकीकृत समाजवादीलाई सरकारमा ल्याउने तयारी थालेको प्रचण्ड सचिवालयले जनाएको छ ।
