भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

मापदण्ड विपरीत गुणस्तरहीन काम भएपछि सडकमै चल्यो डोजर

मापदण्ड विपरीत गुणस्तरहीन काम भएपछि सडकमै चल्यो डोजर

रुकुम पश्चिम । मापदण्ड विपरीत गुणस्तरहीन काम भएको भन्दै रुकुम पश्चिममा डोजर लगाएर सडक भत्काइएको छ । आठबिसकोट नगरपालिकाले आफ्नै पालिकाको केन्द्र रहेको राडी बजारमा निर्माणाधीन सडकमा डोजर लगाएर भत्काएको हो ।

अनुगमनको क्रममा मापदण्ड विपरीत निर्माण भएको भेटिएपछि सोमबार डोजर लगाएर सडक भत्काइएको हो । आठबिसकोट नगरपालिका–९ मा निर्माणाधीन राडी बजारदेखि दाजे जोड्ने र पसानेदेखि रामघाट जोड्ने सडक प्राविधिक टोलीसहित अनुगमन गरिएको थियो ।

मेयर रवि केसीले मापदण्ड विपरीत र गुणस्तरहीन काम भएको पाइएपछि निर्माणकै क्रममा रहेको सडक भत्काइएको जानकारी दिए । केसीसहितको टोलीले निर्माणाधीन सडकको आइतवार अनुगमन समेत गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.