भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

रुसद्वारा नक्कली शत्रुको पनडुब्बी जहाजमाथि आक्रमण

रुसद्वारा नक्कली शत्रुको पनडुब्बी जहाजमाथि आक्रमण

रुस । रुसी प्रशान्त फ्लीट जहाजहरूको समूहले जापानको सागर र ओखोत्स्कको सागरमा सञ्चालित अभ्यासका क्रममा एउटा नक्कली शत्रुको पनडुब्बीलाई सफलतापूर्वक पत्ता लगाएर आक्रमण गरेको छ ।

फ्रिगेट मार्शल शापोश्निकोभ र दुई ठुला पनडुब्बी विरोधी जहाजहरू एडमिरल ट्रिबट्स र एडमिरल पेन्टेलेभ मिलेर बनेको समूहले सिमुलेटेड पनडुब्बी रहेको शङ्कास्पद स्थानमा आक्रमण गरेर नष्ट गरेको प्रेस सेवाले जनाएको छ ।

प्यासिफिक फ्लीट कमाण्डर एडमिरल भिक्टर लिनाको नेतृत्वमा ६० भन्दा बढी युद्धपोत र सहयोगी जहाज, ३५ नौसैनिक विमान, तटीय सेना र ११,००० भन्दा बढी सैनिकहरू सम्मिलित अभ्यासहरू जुन ५ देखि २० सम्म हुँदैछ।

 


Thali Mobile Pvt.Ltd.