भर्खरै : Sorry, your browser does not support inline SVG.

मुग्लिन–नारायणगढ सडक खण्ड १७ घण्टापछि खुल्यो

मुग्लिन–नारायणगढ सडक खण्ड १७ घण्टापछि खुल्यो

काठमाण्डौ । १७ घण्टापछि मुग्लिन–नारायणगढ सडक खुलेको छ । सोमवार राति पहिरो खसेर बन्द भएको मुग्लिन–नारायणगढ सडक खण्ड १७ घण्टापछि सञ्चालनमा आएको हो ।

सङ्घीय राजधानी काठमाण्डौलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने लाइफलाइनुका रूपमा रहेको उक्त सडक खण्ड बर्खायाम लागेसँगै पहिरोका कारण पटक–पटक बन्द हुँदै आएको छ ।

यो सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् । पहिरोका कारण पूर्णरूपमा बन्द भएको सडक पहिरो हटाएसँगै सञ्चालनमा आएको सडक जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.