भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

मुलुकभर विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाइँदै

मुलुकभर विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाइँदै

काठमाडौँ । १६ औँ गणतन्त्र दिवसका अवसरमा आज मुलुकभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । लोगतान्त्रिक गणतन्त्र स्थापनाका नेपाली जनताले गरेको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको हो ।

काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्यरुपमा मनाइएको छ ।

दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रमुखहरुले गणतन्त्र स्थापनाको आन्दोलनमा बलिदान गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै देश तथा विदेशमा रहेका नेपालीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.