मेयर बालेन्द्र साह बालेनको चर्को आक्रोश, नयाँ पुराना सबै नेता चोर हुन

मेयर बालेन्द्र साह बालेनको चर्को आक्रोश, नयाँ पुराना सबै नेता चोर हुन

काठमाडौं । राजनीतिक दलका नयाँ–पुराना सबै नेताहरू चोर भएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले बताएका छन् । उनले सामाजिक सञ्जालमा चर्को आक्रोश पोख्दै राजनीतिक दलका नयाँ पुराना सबै नेता चोर भएको बताएका हुन ।

२०७९ सालको वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा साह स्वतन्त्र उम्मेदवारी दिएर भारी मतान्तरसहित काठमाडौंको मेयर पदमा विजयी भएका हुन । मंगलबार राति सामाजिक संजाल फेसबुक मार्फत नयाँ–पुराना सबै नेताहरूलाई चोरको संज्ञा दिदै उनले कुनै पनि नेताहरूलाई देशको माया नभएको आरोप लगाएका हुन ।

 


Thali Mobile Pvt.Ltd.