भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

यार्सागुम्बा टिप्न गएकी महिला हिमपहिरोमा बेपत्ता

यार्सागुम्बा टिप्न गएकी महिला हिमपहिरोमा बेपत्ता

बझाङ । हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन् । सुर्मा गाउँपालिका १ मा सोमबार राति हिमपहिरो जाँदा पुरिएर ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यार्सागुम्बा टिप्न गएकी बोहरा हिमपहिरोमा पुरिएर बेपत्ता भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले बताए ।

उनको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

दिउँसो दार्चुलाको व्यास गाउँपालिकामा हिमपहिरो जादा एक जना घाइते भएका छन् भने ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.