भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सरुवा भएर आएका कर्मचारीलाई हाजिर गर्न रोक, कानेपोखरी प्रशासकीय प्रमुखविहीन

सरुवा भएर आएका कर्मचारीलाई हाजिर गर्न रोक, कानेपोखरी प्रशासकीय प्रमुखविहीन

विराटनगर। सरुवा भएर आएका कर्मचारीलाई हाजिर गर्न रोकेपछि मोरङको कानेपोखरी गाउँपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाएका शाखा अधिकृत विष्णुकुमार थेगुवालाई अध्यक्ष राजमती इङ्नामले हाजिर गर्न रोक लगाएकी हुन् ।

१३ चैतमा प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेलाई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर उनको ठाउँमा मुख्यमन्त्री कार्यालय मातहत रहेका शाखा अधिकृत थेगुवालाई पठाएको थियो । घिमिरेको सरुवा रोक्न पालिका अध्यक्ष इङ्नामसहितको टोली सामान्य प्रशासन मन्त्रालय पुगेको थियो ।

तर मन्त्रालयबाट सकारात्मक जवाफ नपाएपछि अध्यक्ष इङ्नामले सरुवा भएर आएकालाई हाजिरमा रोक लगाएकी हुन् । अध्यक्ष इङ्नामले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखी पूर्व जानकारीबिना कर्मचारी सरुवा गरेको भन्दै नयाँ कर्मचारीलाई हाजिर गराउन नसक्ने व्यहोराको पत्र पठाएकी थिइन् ।

आर्थिक वर्षको संवेदनशील क्षणमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुँदा विकास खर्चको लक्ष्यमा असर गर्ने पत्रमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.