कञ्चनपुर । भीमदत्त नगरपालिका–१३ मा राँगाको मासु खाँदा १४ जना स्थानीय बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार राँगाको मासु खाएपछि १४ जनालाई पखाला लाग्ने, ज्वरो आउनेलगायत लक्षण देखिएको छ ।
अहिले बिरामीको महाकाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
