भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

मजदूरले पाएनन् ज्याला

मजदूरले पाएनन् ज्याला

रुकुम । सिस्ने गाउँपालिका –८ स्थित एक विद्युत् आयोजनामा काम गरेका मजदूरले ६ महिनासम्म पनि ज्याला पाएका छैनन् । जामाखोलामा रहेको निर्माणाधीन जामाखोला लघु जलविद्युत् आयोजनामा काम गरेको आधा वर्ष बितिसक्दा पनि तिनले ज्याला नपाएका हुन् ।

सिस्ने – ८ की चन्द्रकला परियारले उक्त विद्युत आयोजनामा १८ दिन काम गरे । अहिलेसम्म ज्याला रकम रु नौ हजार नपाएको उनले दुःखेसो पोखे । यस्तै सोही ठाउँकै झुपलाल घर्ती, कुँवेर घर्ती, नौली पुनलगायतको पीडा पनि चन्द्रकलाको भन्दा केही फरक छैन । दैनिक गुजारा चलाउन भनी विद्युत् आयोजनाको विद्युत्गृहमा जाने बाटो निर्माणको कामको ज्याला नपाउँदा उनीहरु मर्कामा परेका छन् ।

जिल्ला समन्वय समिति रुकुम पूर्वेले रु १७ लाख र सिस्ने गाउँपालिकाले रु ४० लाख गरी जम्मा रु ५७ लाख विद्युत् आयोजनाका लागि उपलब्ध गराउने भनिएको थियो । समितिले पनि त्यसैअनुसार लागत अनुमान तयार गरेको थियो तर पछि जिससबाट भुक्तानी नभएको र गाउँपालिकावाट पनि विद्युत्गृह निर्माणका लागि तयार पारिएको ठाउँमा पहिरो झरेपछि रु २१ लाख एक हजार मात्र भुक्तानी दिएकाले मजदूरलाई ज्याला दिन नसकिएको सचिवले बताए।

 


Thali Mobile Pvt.Ltd.