भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

राजपत्रमा प्रकाशित भएसँगै नागरिकतासम्बन्धी कानून पूर्ण रूपमा कार्यान्वयन गर्ने बाटो खुला

राजपत्रमा प्रकाशित भएसँगै नागरिकतासम्बन्धी कानून पूर्ण रूपमा कार्यान्वयन गर्ने बाटो खुला

काठमाडौं । देशभरका जिल्ला प्रशासन कार्यालयबाट आमाको नाउँबाट र गैरआवासीय नेपालीहरूलाई नागरिकता दिने बाटो खुलेको छ । नेपाली नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० नेपाल राजपत्रमा प्रकाशित भएसँगै उक्तबाटो खुला भएको हो ।  यसअघि बुबाको नागरिकता अनिवार्य रहेकोमा नियमावली संशोधनसँगै बुबाको पहिचान नभएका व्यक्तिले अबदेखि आमाका नामबाट नेपाली नागरिकता पाउने भएका छन् ।

संशोधित नियमावलीमा बुबाको पहिचान नभएका व्यक्तिले नागरिकता पाउन जन्मदर्तासहित आमाको नेपाली नागरिकता वा आमा नेपाली रहेको प्रमाण पेस गर्नु पर्ने र विदेशी मुलुकको नागरिकता नलिएको भनेर स्वघोषणा गर्नुपर्ने उल्लेख गरिएको छ । मन्त्रिपरिषद्बाट पारित नागरिकता नियमावली गत बिहीबार साँझ राजपत्रमा प्रकाशित भएसँगै नागरिकतासम्बन्धी कानून पूर्ण रूपमा कार्यान्वयन गर्ने बाटो खुलेको हो ।

नियमावलीमा गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन् । त्यस्तो नागरिकता पाउने व्यक्तिको आमाको पनि मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्था भए, त्यसको प्रमाणसहित स्वघोषणा गरेमा आमाको नामबाट नागरिकता पाउनेछन् । स्वघोषणाको ढाँचा नियमावलीमा अनसूचीमा उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.