भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सात महिनामा तीन करोड ३४ लाख जनाभन्दा धेरै विदेशी पर्यटकले गरे भ्रमण

सात महिनामा तीन करोड ३४ लाख जनाभन्दा धेरै विदेशी पर्यटकले गरे भ्रमण

एजेन्सी । तीन करोड ३४ लाख पर्यटक टर्कीमा बितेको सात महिनामा पुगेका छन् । टर्कीमा पर्यटकीय क्षेत्र आर्थिक केन्द्रका रुपमा रहेको छ । अघिल्लो वर्ष अर्थात सन् २०२२ मा टर्कीमा पाँच करोड १४ लाख पर्यटक पुगेका थिए ।

यस वर्ष अब पर्यटकीय सिजन शुरु भएकोले यो सङ्ख्यामा राम्रो सुधार हुने अपेक्षा रहेको टर्कीले जनाएको छ । टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले गएको जनवरीदेखि अगष्ट महिनासम्मको विवरण सार्वजनिक गर्दै सात महिनामा तीन करोड ३४ लाख जनाभन्दा धेरै विदेशी पर्यटकले भ्रमण गरेका बताएको चिनियाँ सामाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

यो अघिल्लो वर्षको तुलनामा १३ दशमलव ९५ प्रतिशतले धेरै हो । टर्कीमा सबैभन्दा धेरै रुस, जर्मनी र बेलायतका नागरिकहरु घुम्न जाने गरेका छन् । कोरोना महामारीबाट प्रभावित भएको टर्कीको पर्यटन व्यवसाय लयमा फर्किसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.