भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

राष्ट्रपति र उपराष्ट्रपतिमा धेरै नेताको आकाँक्षा, माओवादीमा जयपुरीको चर्चा

राष्ट्रपति र उपराष्ट्रपतिमा धेरै नेताको आकाँक्षा, माओवादीमा जयपुरीको चर्चा

काठमाडौं । सत्ता गठबन्धन भित्र राष्ट्रपति र उपराष्ट्रपति छान्न सकस भएसंगै धेरै नेताहरुले आकाँक्षा व्यक्त गरेका छन् । दुई प्रमुख दल नेकपा एमाले र माओवादी केन्द्र का भागमा राष्ट्रपति र उपराष्ट्रपति परेको को छ ।

धेरैले आकाँक्षा राखेका कारण दुबै दललाई राष्ट्रपति र उपराष्ट्रपति छान्न सकस भएको स्रोतको दावी छ । एमालेभित्र अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुवास नेम्वाङको दाबी रहेको छ भने उपराष्ट्रपतिका लागि माओवादी केन्द्र भित्र जयपुरी घर्तीको चर्चा छ ।

घर्ती २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा रोल्पा क्षेत्र नं. १ बाट निर्वाचित भएकी थिइन् । २०६९ सालमा मोहन वैद्यलाई रोजेकी जयपुरीको २०७० सालको दोस्रो संविधान सभा निर्वाचन यात्रा रोकिएको थियो ।

रामबहादुर थापा बादल सहितको समूह नेकपा माओवादीमा फर्किंदा जयपुरी पनि माओवादी केन्द्रमा समाहित भएकी थिइन् ।

२०७४ सालको प्रतिनिधि सभा सदस्यमा समानुपातिक सांसद बनेकी उनी सामाजिक विकास समितिको सभापति पनि भइन् । सशस्त्र द्वन्द्वमा श्रीमान गुमाएकी नेतृ हुन ।

 


Thali Mobile Pvt.Ltd.