भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

राहत बोकेर ढोरपाटन उडेको गृहमन्त्री सवार हेलिकप्टर बीचबाट फर्कियो

राहत बोकेर ढोरपाटन उडेको गृहमन्त्री सवार हेलिकप्टर बीचबाट फर्कियो

बागलुङ । ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत लिएर गएको गृहमन्त्री सवार सेनाको हेलिकप्टर मौसम खराबका कारण पोखरा फर्किएको छ ।

गृहमन्त्रीसहित बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल सवार हेलिकप्टर राहत लिएर बागलुङको बाढी प्रभावित क्षेत्रमा गएको थियो । बाग्लुङ्को ढोरपाटनका बाढीपीडितका लागि राहत लिएर गएको हेलिकप्टर स्याङ्जा पुगेपछि मौसम खराब भएकाले पोखरा फर्किएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

मौसम अनुकूल भएपछि हेलिकप्टर पुनःराहत लिएर ढोरपाटन प्रस्थान गर्ने बताइएको छ । हेलिकप्टरमा दैनिक उपभोग्य सामग्रीसहित तत्कालका लागि आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याटलगायतका राहत सामग्री रहेको जनाइएको छ । प्रारम्भिक विवरणमा बाढीबाट ३६ जना हराएकोमा ११ जनाको शव प्राप्त भएको छ । नगरपालिकाको चार वटा वडामा बढी क्षति भएको छ।

 


Thali Mobile Pvt.Ltd.