भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

राेल्पाको सुन देखि मुस्ताङकाे नुन खानी सम्मकाे उत्खनन गर्न सूचना आह्वान, १० जिल्लामा के छ ?

राेल्पाको सुन देखि मुस्ताङकाे नुन खानी सम्मकाे उत्खनन गर्न सूचना आह्वान, १० जिल्लामा के छ ?

४ असार २०७७ काठमाडौंं । देशका दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गर्न सरकारले सूचना आह्वान गरेकाे छ । सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिनलगायतका खनिज पदार्थको अन्वेषण तथा उत्खननका लागि खानी तथा भूगर्भ विभागले अनुमति प्रदान गर्न सूचना आह्वान गरेको छ ।

देशका विभिन्न दस ठाउँमा रहेको खानीको अन्वेषण तथा अध्ययनका लागि अनुमति प्रदान गर्न सूचना आह्वान गरिएको खानी तथा भूगर्भ विभागले जनाएकाे हाे । १० वटामध्ये चार ठाउँमा उत्खनन (माइनिङ) गर्न र बाँकी ठाउँमा अन्वेषण (प्रोसपेक्टिङ)का लागि अनुमतिपत्र प्रदान गर्न सूचना आह्वान गरिएको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए ।

अन्वेषणको अनुमति पत्रका लागि ३५ दिन र उत्खननका लागि ५० दिनभित्र निवेदन दिन आह्वान गरिएको उनले बताए । उत्खननका लागि दसदेखि तीस वर्ष र अन्वेषणका लागि दुई वर्ष प्रदान गरिने घिमिरेको भनाइ छ ।

कुन जिल्लामा कहाँ के छ ?
रोल्पा – सुनछहारी गाउँपालिकास्थित किमासेपोझार वनमा ३० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको सुनखानीको अन्वेषण गर्न । त्यहाँ करिब ८० हजार टन सुनको कच्चा पदार्थ रहेको अनुमान छ ।
धादिङ, मकवानपुर र उदयपुर – तामाखानी अन्वेषण गर्न ।
पाल्पा- कोइला खानीको अन्वेषण गर्न अनुमति पत्र प्रदान गर्न सूचना आह्वान ।
सल्यान, धादिङ – चुनढुङ्गाको उत्खनन गर्न ।
मुस्ताङ – नुन खानी उत्खनन गर्न अनुमति लिनका लागि सूचना आह्वान गरिए छ ।

khani utkhananअन्वेषण तथा उत्खननका लागि इच्छुक कम्पनीहरूले पेस गरेका प्राविधिक तथा आर्थिक प्रस्तावहरूमध्ये सबैभन्दा पहिले प्राविधिक प्रस्तावको मूल्याङ्कन गरिने, प्राविधिक प्रस्तावको मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका कम्पनीको आर्थिक प्रस्तावको मूल्याङ्कन गरिने विभागले जनाएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.