भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रुसले ल्यायो ‘जासुसी डल्फिन’

रुसले ल्यायो ‘जासुसी डल्फिन’

मस्को । रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । यो अवधिमा रुसले युक्रेनका धेरै ठूला सहर ध्वस्त पारेको छ भने लाखौं मानिस पलायन हुन बाध्य छन् ।

यहिबेला रसियाले युद्धभूमिमा जासुसी डल्फिन छाडेको केही संचारमाध्यमले जनाएका छन्। रुसले कालो सागरको नौसेना सैन्य आधारमा ट्रेन्ड मिलिटरी डल्फिन तैनाथ गरेको जनाएको छ ।

रुसले पानीमुनिको नौसैनिक जहाजमाथि आक्रमण रोक्न डल्फिनको प्रयोग गरिरहेको स्रोतको दावी छ । रुसले फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गर्दा नै दुई डल्फिनलाई सैन्य अखडामा लगिएको अनुसन्धानले देखाएको छ ।

रूसले यी डल्फिनहरूको प्रयोग समुद्रमुनि रहेका सामान खोज्न र दुश्मनका गोताखोरहरू पत्ता लगाउन प्रयोग गरेको छ। युएसएनआईका अनुसार धेरै रुसी जहाजहरू यहाँ बस्छन् ।

सेनाहरूले यहाँ क्याम्प राख्नुको सबैभन्दा ठूलो कारण यो बन्दरगाह शत्रुको क्षेप्यास्त्रको दायराभन्दा बाहिर छ । पानीमुनिबाट हुने हमलाबाट जोगिन रुसले सेभास्टोपोल नजिकैको एक एक्वेरियममा डल्फिनलाई तालिम दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.