काठमाडौं । लुक्ला जाने यात्रुकाे यात्रुको पीसीआर नेगेटिभ हुनुपर्ने जनाइएकाे छ । सोमबारबाट आन्तरिक उडान हेने भन्दै यस्ताे बताइएकाे हाे । पर्यटकीय सिजनमा सबैभन्दा व्यस्त हुने सोलुखुम्बुको लुक्ला विमानस्थलमा यहाँ उड्ने उड्ने यात्रुले गाउँपालिकामा अनिवार्य पीसीआर टेस्ट रिपाेट देखाने शर्त छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर टेस्ट रिजल्ट चेक जाँच गरी नेगेटिभ आए मात्र उडान अनुमति दिन पत्र लेखेको छ । कोरोना भाइरसको महामारीकाबीच करीव ६ महिनापछि आन्तरिक उडान शुरु हुँदैछ । अहिलेसम्म हवाई उडानमा शर्त राख्ने खुम्बु पहिलो स्थानीय सरकार हो ।
