भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

वायु प्रदूषण हुने विश्वमै दाेस्राे नम्बरमा काठमाडौं शहर

वायु प्रदूषण हुने विश्वमै दाेस्राे नम्बरमा काठमाडौं शहर

काठमाडौं । विश्वमै सबैभन्दा बढी वायु प्रदूषण हुने शहरमा काठमाडौं उपत्यका दाेस्राे नम्बरमा परेको छ । पछिल्लो वायु प्रदूषणको मापनमा वायु प्रदूषण मापन गर्ने संस्था आईक्यु एअरले विश्वका एक सय एक वटा शहरमा गरिएको मापनमा काठमाडौं उपत्यका सबैभन्दा प्रदुषित शहरको दाेस्राे नम्बरमा परेको हो ।

काठमाडौंको वायु प्रदूषणको अवस्था मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक चरणमा पुगेको आइक्यु एअरले जनाएको को छ । शनिबार साँझ काठमाडौंको एक्युआई सुचकांक २०२ रहेको थियो । वायु प्रदूषणका हिसाबले काठमाडौं दाेस्राे, भारतको नयाँ दिल्ली तेस्रो स्थानमा रहेको छ भने थाइल्यान्डको चियाङमाई पहिलाे स्थानमा रहेको छ ।

सबैभन्दा बढी जनघनत्व रहेको बंगलादेशको राजधानी ढाका पाँचौं स्थानमा परेको छ ।
उपत्यकाको वायु प्रदूषणको अहिलेको अवस्थाले बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामीलाई समस्यामा पार्ने पनि बताइएको छ । काठमाडौंमा वायु प्रदूषणको मूख्य कारकमा धुलो देखिएको छ भने नयाँ दिल्लीमा सवारी साधनले फाल्ने धुवाँ कारक देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.