काठमाडौं । गत २४ घण्टामा विश्वभर थप ३२ लाख ४९ हजार ९०० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
अमेरिकामा ३ लाख ९२ हजार, फ्रान्समा ३ लाख ५३ हजार, भारतमा २ लाख ३२ हजार, ब्राजिलमा २ लाख ५१ हजार, इटलीमा १ लाख ४३ हजार, स्पेनमा १ लाख १८ हजार र जर्मनीमा १ लाख ८९ हजार संक्रमित थपिएका छन्।
हाल विश्वभर संक्रिय संक्रमितको संख्या ७ करोड नाघेको छ ।
यस्तै, कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ९ हजार ६३१ जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये अमेरिकामा २ हजार १८३, भारतमा ८६२, ब्राजिलमा ७१५, फ्रान्समा २६३, बेलायतमा २७७ रहेका छन् ।
यस्तै, रसियामा ६७३, टर्कीमा २१०, इटालीमा ३७८‚ स्पेनमा १९९, अर्जेन्टिनामा ३०५, जर्मनीमा १७९, कोलम्बियामा २६८, मेक्सिकोमा ४९५ र पोल्याण्डमा २७१ जना रहेका छन्।
