विश्वमा पाँच वर्ष मुनिका ४५ प्रतिशत बालवालिकाको मृत्यु कुपोषणका कारण हुन्छः स्वास्थ्यकर्मी

विश्वमा पाँच वर्ष मुनिका ४५ प्रतिशत बालवालिकाको मृत्यु कुपोषणका कारण हुन्छः स्वास्थ्यकर्मी

विश्वमा पाँच वर्ष मुनिका ४५ प्रतिशत बालवालिकाको मृत्यु कुपोषणको कारणले हुने गरेको तथ्याङ्कललाई निरुत्साहित पार्न नेपालले हरसम्भव प्रयास गरिरहेको छ । यहाँ यो दर ५३ प्रतिसत पाइएको छ जुन विश्वको तथ्याङ्ग भन्दा ८ प्रतिशतले बढि रहेको छ । नेपालका महिला तथा वालवालिकाहरू न्युन पोषण र अधिक पोषण दुबै प्रकारका कुपोषण सम्बन्धि समस्याबाट पिडित भएको देखिएको छ ।

न्युन र अधिक पोषणको समस्याले उनिहरूको शारीरिक, मानसिक तथा संवेगात्मक विकासमा बाधा पुयाउने भएकोले यसबाट देशको समग्र सामाजिक आर्थिक तथा मानव विकासमा प्रतिकुल प्रभाव परेको छ । यद्यपि अधिक पोषणको तुलनामा न्यून पोषणको समस्या धेरै देखाएको छ ।

न्युन पोषणको समस्या किशोर किशोरी, प्रजनन् उमेरका महिला तथा ५ वर्ष मुनिका बालबालिकामा बढी देखाएको छ । जनस्वास्वास्थ्यको समस्यको रूपमा देखिनु न्युन पोषण अर्थात पोषिला विविध प्रकारका खाने कुरामा पहुच नहुनु र भएका खाद्य वस्तु उचित तरीकाले उपभोग नगर्नु तथा अशुद्ध खाने पानी हुनु प्रमुख कारकका रुपमा रहेको छ ।

उपलब्ध स्वास्थ्य सेवाको उपभोग नगर्नु, न्युन चेतना जस्ता विविध कारणहरू जिम्मेवार रहेको स्वास्थ्यकर्मीको भनाई छ । पाँच वर्षमुनिका बालबालिकाहरूमा पुड्कोपन, ख्याउटेपन कमतौल तथा प्रजनन उमेरका महिलाहरूमा रक्तअल्पता र दीर्घशक्तिको कमि जस्ता न्युनपोषण सम्बन्धि मुख्य समस्याहरू देशका विभिन्न जातजातिका वर्ग, समुदाय र भौगोलिक स्थान अनुसार फरकफरक रहेको पाईएको छ ।

तसर्थ बालबालिकाको शारीरिक र मानसिक विकासको सुधार र देशको समग्र आर्थिक प्रगतिका लागि पोषण स्थिति सुधार गर्न सूर्यविनायक नगरपालिकाले तत्काल प्राथमिकता छुट्टाएर स्वास्थ्यकर्मीलाई तालिम दिएर शीप अभिवृद्धिका कार्यक्रम संचालन गरिरहेको छ ।

यसैबीच महिला, बालबालिका तथा किशोरीहरुमा हुने कुपोषणलाई उल्लेख्य रूपमा घटाउन गुुण्डु हेल्थपोष्टले हरसम्भवका कार्यलाई अघि बढाएको छ । यो सम्भव पनि छ भन्दै नगरभित्रका २६ वटा स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीसहित विद्यालय नर्सहरुलाई आवश्यक तालिमको व्यवस्था मिलाएको छ ।

यसका लागि सम्बद्ध सबै तह तथा विभिन्न क्षेत्रहरुबाट भएका उपलब्धिलाई दिगो बनाई थप प्रगति हासिल गर्न पर्याप्त स्रोतसाधनको व्यवस्था सहित थप प्रतिबद्धता नगरपालिकाले गरेको छ । नगरपालिको प्रतिवद्धता अनुरुप स्वस्थ्य सस्थाहरुले महिला तथा बालबालिकाको पोषण अवस्था सुधारका लागि अत्यावश्यक पोषण सेवामा पहुँच

तथा सामाजिक व्यावहार परिवर्तनको लागि संचारमा केन्द्रित गरि परिमार्जन तथा अध्यावधिक गर्दै वृहत पोषण सम्बन्धी आधारभूत क्षमता अभिवृद्धि पुस्तिकासहित स्वास्थ्यकर्मीलाई तालिम दिएको छ । यस तालिमले स्वास्थ्य तथा पोषण सम्बन्धी लक्षित समुदायको व्यवहार परिवर्तन गर्न निकै सहयोग पुर्याउने विश्वास स्वाथ्यकर्मीले लिएका छन् ।

बालबालिका, किशोरी गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार गर्ने उद्देश्यका साथ विभिन्न तहमा तालिम दिएको र यो तालिमले स्वास्थ्य कार्यक्रम कार्यान्वयनको लागि सबै निकाय तथा व्यक्तिहरूमा समेत हौसला प्रदान गर्न सहयोग पुग्ने राजस्व हाकिमले अपेक्षा गरेका छन् ।

यो तालिमका क्रममा आफ्नो महत्त्वपूर्ण योगदान तथा सक्षम नेतृत्व प्रदान गर्नु हुने नगरपालिका, स्वास्थ्य सस्था, संचारमाध्यम र सम्पूर्णमा नगर स्वास्थ्य शाखाका प्रमुख बसन्त चापागाईले सहयोग गर्नु हुने सम्पुर्ण महानुभाव तथा संघ संस्थालाई धन्यवाद दिएका छन् ।

तालिममा राष्ट्रिय पोषण नीति तथा रणनीति, पोषणको परिचय महत्व र कुपोषणको वर्गीकरण, विविधिकरण र स्थानीय खानेकुराको महत्व, किशोरावस्थाको पोषण, मातृ पोषण, बाल पोषण, शिशु तथा बाल्यकालिन पोषणको महत्व, स्तनपान, पूरक वा थप खाना, बहु सुक्ष्म पोषक तत्वहरू, वृद्धि अनुगमन, बिरामी बालवालिकाको खाना र हेरचाह, शीघ्र कुपोषणको एकिकृत ब्यवस्थापन, बहिरंग सेवाको परिचय,

एन्थ्रोपोमेट्रिक मापन (शीघ्र कुपोषण पत्ता लगाउन पोषणको लेखाजोखा), खाना रूचि जाँच र बहिरंग वा विशेष उपचार कक्षमा उपचारको लागि निर्णय, प्रणालीबद्ध औषधिबाट उपचार, तयार पारिएको उपचारात्मक खानावाट कडा शीघ्र कुपोषणको उपचार, निर्देशन, स्थानान्तरण, प्रेषण र अनुगमन भेट, बहिरंगबाट डिस्चार्ज, अन्तरंग सेवाको परिचय र उपचार पद्धती, मध्यम शीघ्र कुपोषणको व्यवस्थापन,

गर्भवती तथा सुत्केरी महिलामा हुने शीघ्र कुपोषण व्यवस्थापन, सामुदायिक परिचालन, समुदायीक सचेतिकरण, केस पहिचान र प्रेषण संयन्त्र, विशेष अवस्थामा पोषण सेवा, सामुदायिक स्वास्थ्य सेवाहरूमा मातृ शिशु तथा बाल्यकालीन पोषण र आपतकालीन, अवस्थामा पोषण, एच.आई.भी.को परिप्रेक्षमा मातृ शिशु तथा बाल्यकालीन पोषण, खानेपानी, सरसफाई र स्वच्छता कार्य, अत्यावश्यक खानेपानी,

सरसफाई र स्वच्छता कार्य, एकिकृत पोषण सेवा, सामाजिक व्यवहार परिवर्तन सञ्चार, प्रभावकारी अन्तरव्यक्ति संचारका लागि परामर्शका चरणहरू, महिला स्वास्थ्य स्वयसेविका स्तरको तालिम कसरी सञ्चालन गर्ने, पोषण कार्यक्रममा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका, अभिलेख तथा प्रतिवेदन, पोषणमैत्री स्वास्थ्य संस्था तथा स्थानीय शासनको अवधारणा र प्रक्रिया, आपूर्ति व्यवस्थापन

सूचना प्रणालीबारे संक्षिप्त जानकारी स्वास्थ्यकर्मीले लिएको सामाजिक विकास समिति संयोजक रविन्द्र सापकोटाले बताए । यस तालिमको मुख्य लक्ष्य स्थानिय तहसम्म कार्यरत सरकारी तथा गैह सरकारी संघ संस्थाका प्राविधिकहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू पोषणसम्बन्धी एकिकृत विषयवस्तुमा विद्यमान ज्ञान र सीपलाई अद्यावधिक गराई पोषण सम्बद्ध सेवा प्रवाह कार्यक्रम व्यवस्थापन तथा गुणस्तरीय

स्वास्थ्य सेवा मार्फत समुदायका सम्पूर्ण महिला तथा बालबालिकाहरुलाई कुपोषणबाट बचाउनु रहेको नगरप्रमुुख बासुदेव थापाको भनाइ छ । ७ दिनसम्म तालिममा सहभागी स्वास्थ्यकर्मीहरूलाई विभिन्न कोणबाट प्रशिक्षित गरेको प्रशिक्षकहरुको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.