भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

शक्तिको आडमा गुठीको जग्गा कब्जा

शक्तिको आडमा गुठीको जग्गा कब्जा

काठमाडौं । तारकेश्वर–८ मा स्थित दालेकी शैक्षिक सार्वजनिक गुठीको ३ आना जग्गा एक व्यक्तिले कब्जा गरेका छन् । राजनीतिक शक्तिको पहुँचको आडमा सो गुठीको जग्गा स्थानीय नारायणकुमार श्रेष्ठले पर्खाल लगाएर कब्जामा लिएको स्थानीयले बताएका छन् ।

नेकपा एकीकृत समाजवादीका स्थानीय नेतासमेत रहेका श्रेष्ठले गुठीको नाममा रहेको ८५ नम्बरको कित्ताको जग्गा ८८ नम्बरको कित्तामा गाभ्नका लागि पर्खाल लगाइसकेका छन् । जग्गाको नाप जग्गा रोक्का गर्न मालपोत कार्यालयमा मौखिक तथा राजनीतिक दबाब दिएर गुठी मातहत सञ्चालनमा रहेको विद्यालयको फाइल रोक्ने काम गरेको दालेसी शैक्षिक सार्वजनिक गुठीका प्रमुख सल्लाहकार दीपक पुनले बताए ।

श्रेष्ठले आफ्नो घरनजिकको भागको बाटो छेक्न र आफ्नो जग्गा सार्वजनिक बाटोसमेत मिचेका छन् । श्रेष्ठ तारकेश्वर नगरपालिका–८ को पूर्व वडासदस्य भएको बेला वडा प्रतिनिधिका रूपमा नेपाल रत्न स्कुलको सदस्यसमेत भएका बेलामा स्कुलको पर्खाल भत्काएर आफ्नो बनाएको स्थानीय बताउँछन् ।

शिक्षा ऐन अनुसार नेपाल रत्न स्कुल दालेकी शैक्षिक सार्वजनिक गुठीअन्तर्गत सञ्चालित रहेको छ । शैक्षिक सार्वजनिक गुठीको नियामक ऐन ‘शिक्षा ऐन २०२८ (आठौं संशोधन २०७३)को दफा १६ को उपदफा २ प्रतिकूल हुनेगरी हकभोगभित्रको जग्गा मास्ने,

नास्ने तथा क्षेत्रफल खुम्च्याउने र स्वरूप परिवर्तन गर्न तथा सार्वजनिक सम्पत्तिलाई क्षति पु¥याउन नपाइने व्यवस्था गरेको छ । तर, श्रेष्ठले आफै विद्यालय व्यवस्थापन समितिको सदस्य भएको बेलामा राजनीतिक पहुँचका आधारमा गुठीको जग्गाको स्वरूप बिगार्ने र पर्खाल भत्काएर हडपेको स्थानीय बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.